तपाईलाई सडक विभागमा स्वागत छ।

ऐतिहासिक पृष्ठभूमि
नेपालमा परापूर्व कालदेखि नै उपलब्ध श्रोत, साधन, सीप र कौशलमा आधारित पूर्वाधारका संरचना निर्माण तथा संचालन हुँदै आईरहेको भएतापनि सडक निर्माण तथा विकासका
कार्यहरु राणाकालीन समयदेखि हुँदै आएको अभिलेखीकरण भएको पाइन्छ। विभिन्न प्रकाशनहरुमा प्रकाशित आलेख अनुसार पहिलोपटक वि.सं. १९९८ मा मानिसले बोकेर सवारीसाधन
(कार) काठमाडौँ उपत्यकामा ल्याईएको भएतापनि सडक निर्माणको सुरुवात वि.सं. १९८० को दशकबाटै काठमाण्डौं उपत्यकामा पहिलो सडक निर्माणबाट सुरु भएको पाईन्छ ।
काठमाडौं उपत्यका बाहिर निर्माण भएको पहिलो सडक भने ४२ कि.मि. लामो अमलेखगंज - भिमफेदी सडकलाई लिईने गरिएको छ । लामो दुरीको पहिलो सडकको रुपमा कठमाडौंलाई
तराईसँग जोड्ने काठमाडौं­-भैंसे सडक (त्रिभुवन राजपथ) भारतीय सहयोगमा वि.सं. २००९ मा निर्माण भएको विवरणहरु पाइएको छ।

तस्विर: वि.सं. २००७ साल अघि मानिसहरुद्वारा पहिलोपटक बोकेर काठमाडौंमा कार लगिंदै
संस्थागत रुपमा हेर्दा वि.सं. २००७ सालभन्दा पहिले राणाकालमा काठमाडौंमा सार्वजनिक निर्माण सम्बन्धी काम गर्न "बाटो काज  गोश्वारा"र "छम्भडेल अड्डा" नामक अड्डाहरुरहेका
थिए। वि.सं. २००८-१२-२६ मा यातायात र संचार विभागको सूचना बमोजिमकाठमाडौँ, ललितपुर, भक्तपुरतथा काभ्रेको बनेपासम्म सर्वसाधारण जनतालाई सुविस्ता प्रदान गर्ने हेतु सवारी
साधन चलाउनको लागि दरखास्त माग गरेको विवरणले उक्त कुरा पुष्टि गर्दछ। साथै देशको अन्य स्थानमा निर्माण सम्बन्धी कार्य गर्नको लागि “बनाउने  अड्डा” थियो भने त्यस पश्चात नयाँ
निर्माणको लागि “नयाँ बाटो काज गोश्वारा” तथा निर्मित संरचनाको मर्मत सम्भारका लागि “पुरानो  बाटो काज गोश्वारा” नाम गरेका अड्डाहरु स्थापना गरिएका थिए। काठमाडौं उपत्यकामा
सडकको नियमित मर्मत गर्न “समरजंग कम्पनी” नामको अर्धसैनिक अड्डा पनि रहेको थियो, जसले पुरानो बाटो काज गोश्वारा अन्तर्गतका कार्यहरु गर्दथ्यो। राणा कालको अन्त्यतिर
“नयाँ बाटो काज अड्डा खडा गरी काठमाडौं र हेटौंडा जोड्ने सडकको (बागमती करिडोर हुँदै) सर्भे गर्ने कार्य  भएको थियो। पछी कान्ती राजपथको सर्भेक्षण तथा निर्माणको लागि बागमती
उपत्यका सडक योजना” स्थापना भयो । पुरानो बाटो काज अड्डाले भने मुख्य रुपमा भिमफेदी-अमलेखगंजको साविक खण्डास्मित सडक मर्मत गर्ने कार्य गर्दथ्यो। २००७ सालपछि “नयाँ बाटो
काज गोश्वारा” तथा “पुरानो  बाटो काज गोश्वारा” नामका अड्डाहरु मिसाई संयुक्त रुपमा सार्वजनिक निर्माण विभाग{(Public Work Department(PWD)} को स्थापना भयो। तत्कालिन
PWD मा सडक शाखा र भवन शाखा गरी २ वटा शाखाहरु रहेका थिए । वि.सं. २०११ सालमा तत्कालिन शाही नेपाली सेनाले कान्ती राजपथको सर्वेक्षण सम्पन्न गरेको थियो भने तथा नेपाली सेनाको
राजदल गणले वि.सं. २०१७ सम्म ९१ कि.मि. लामो कान्ती राजपथको ७० कि.मि. ट्रयाक निर्माण गरेको थियो। यस अघि नै वि.सं. २०१० सम्म नेपालमा करिब ३७६ कि.मि. सडक निर्माण भएका
विवरणहरु भेटिएका छन्।