सडक विभागकाे Call Center

मिति २०८२/०६/०४ माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रीज्यूबाट मुलुकभरीको सडकहरुको अबस्था र सुरक्षालाई ब्यबस्थित गर्न गराउन फोकल पर्सन समेतको ब्यबस्थापन गर्न सडक बिभागलाई निर्देशन भए बमोजिम मिति २०८२/०६/०७ देखि फोकल पर्सन समेतको ब्यबस्थापन भएको छ। सर्बसाधारण सबैले टोल फ्री नम्बर ९८५१४१६८९३ मा फोन गरी आफ्ना गुनासा, सुझाब, आबश्यक जानकारी दिन हुन अनुरोध छ। गुनासा, सुझाब, आबश्यक जानकारी प्राप्त भएपछि सडक बिभागको सम्बन्धित निकायमा प्रेषित गरी तत्काल सम्बोधन गर्न प्रयास गरिने व्यहोरा जानकारीको लागि अनुरोध छ।