बोलपत्र स्वीकृत गर्ने आशय सम्बन्धी सूचना
२०८३ मंसिर ११
प्रकाशित मिति : २०८३-०८-११ (सूचना सौर्य दैनिकमा प्रकाशित)
यस कार्यालयको मिति २०८३-०५-१८ गते गोरखापत्र दैनिकमा प्रकाशित बोलपत्र आह्वान सूचना नं. IFB/2083/084/04, मिति २०८३-०५-३० गते सौर्य दैनिकमा प्रकाशित बोलपत्र आह्वान सूचना नं. IFB/2083/084/05 तथा मिति २०८३-०६-१६ गते प्रभाव दैनिकमा प्रकाशित बोलपत्र आह्वान सूचना नं. IFB/2083/084/06-01 अन्तर्गत प्राप्त बोलपत्रहरूको आर्थिक प्रस्ताव मूल्याङ्कन गर्दा, सार्वजनिक खरिद ऐन, २०६३ को दफा २५ को उपदफा (७क) बमोजिम सारभूत रूपमा प्रभावग्राही बोलपत्रहरूको औसत कबोल अङ्कसँग सबैभन्दा नजिक रहेको र लागत अनुमानभन्दा सारभूत रूपमा बढी नभएको तपसिलका बोलपत्रदाताहरूको बोलपत्र सोही ऐनको दफा २७ को उपदफा (१) बमोजिम स्वीकृतिका लागि छनोट भएकोले, उपदफा (२) बमोजिम सम्बन्धित बोलपत्रदाताहरूलाई मिति २०८३-०८-११ गते बोलपत्र स्वीकृत गर्ने आशयको सूचना दिइएको तथा छनोट भएको बोलपत्रदाताको नाम, ठेगाना र कबोल अङ्कको जानकारी अन्य बोलपत्रदातालाई समेत दिइएको व्यहोरा सम्बन्धित बोलपत्रदाता तथा सरोकारवाला सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।