बोलपत्र स्वीकृत गर्ने आशयको सुचना २०८३-०६-०६
२०८३ आश्विन ०६
बोलपत्र स्वीकृत गर्ने आशयको सुचना
प्रकाशित मिति : २०८३/०६/०६
यस सडक डिभिजनबाट मिति २०८३/०४/१३ गते e-GP मा सूचना नं. IFB/2083/084/01 को प्रकाशित सूचनाअनुसार www.bolpatra.gov.np/egp मार्फत आह्वान गरिएको ठेक्काको लागि म्यादभित्र दर्ता भएका बोलपत्रहरूको मूल्याङ्कन पश्चात् सार्वजनिक खरिद ऐन, २०६३ को दफा २५ को उपदफा (७क) बमोजिम बोलपत्रदाताहरूले कबुल गरेको बोल अङ्कको औसत अङ्कसँग सबैभन्दा नजिक भएको र लागत अनुमानभन्दा सारभूतरूपमा बढी नभएको तपसिलका ठेक्काहरूको बोलपत्र स्वीकृतिको लागि छनोट भएको व्यहोरा सम्बन्धित सबै बोलपत्रदाताहरूलाई जानकारी गराइन्छ। यस सम्बन्धमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा (२) र (३) को प्रयोजनका लागि यो बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरिएको छ।