कार्य क्षेत्र

आयोजनाको पृष्ठभूमि :

पूर्व दक्षिण एसियाको यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रम (Accelerating Transport and Trade Connectivity in Eastern South Asia Nepal Phase 1 Project- ACCESS) कार्यान्वयनका लागि नेपाल सरकार र विश्व बैंकबीच मिति 18th September 2022 मा ऋण सम्झौता भएको हो | यस आयोजनामा वैदिशक स्रोततर्फ ९२ प्रतिशत र  नेपाल सरकारको स्रोततर्फ ८ प्रतिशत लगानी रहने व्यवस्था छ  |

 

योजनाको संक्षिप्त विवरण :

बुटवल-गोरुसिंगे-चन्द्रौटा सडक योजना अन्तर्गत बुटवल देखि चन्द्रौटा सम्म (६९कि.मि.) सडकको कम गतिको सवारी साधनको लागि सहरी क्षेत्रमा  service lane सहित  ४ लेनमा स्तरोन्नति गर्ने  योजना अनुरुप  बुटवल गोरुसिंगे चनौटा सडक खण्ड (६९कि.मि.) सडक खण्डको ४ लेनमा स्तरोन्नति गरिने योजना छ । बुटवल– गोरुसिंगे–चनौटा सडक खण्ड (६९ कि.मि.) मध्ये बुटवल-गोरुसिंगे सडक खण्ड (५० कि.मि.) स्तरोन्नति कार्य गर्नको लागि मिति 25th June, 2024 (२०८१/०३/११) मा श्री Joint Venture Shaanxi Construction Engineering Group Corporation Limited (SCEGC)/Ashish Nirman Sewa Pvt. Ltd. (ANS)- M/S SCEGC-ANS Joint Venture सँग ठेक्का सम्झौता भएको छ |



डाउनलोड