हाम्रो बारेमा

कार्यालयको इतिहास

आ.व २०५०/२०५१ देखी मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चलको चितवन जिल्लाको भरतपुर डिभिजन सडक कार्यालय, भरतपुर स्थापना भएको हो । २०४१ सालमा जिल्ला सडक को नामले स्थापना भएको यस कार्यालयमा कार्यालय प्रमुख इ. गुरुप्रशाद ढकाल सहित २ जना सब इन्जिनियर, १ जना लेखापाल, १ खरिदार र २ का.स कर्मचारी रहेका थिए । उक्त समयमा चितवन जिल्ला मात्रै हेर्ने गरेको यस कार्यलयले पछि आ.व २०५०/२०५१ मा डिभिजन सडक कार्यलय भएपछि चितवन र धादिङ जिल्ला हेर्दै आएको थियो । नेपाल सरकार (मन्त्रिपरिषद्को) मिति २०७५/५/०९ को निर्णय आनुसार  "सडक डिभिजन, भरतपुर " नयाँ संगठन संरचना स्वीकृत भएको छ। नेपाल सरकार (मा. मन्त्रीस्तर) को मिति २०७८/०२/१८ को निर्णयानुसार नेपाल राज्यको सडकडिभिजनहरुको  कार्यक्षेत्र हेरफेर गर्ने सन्दर्भमा यस डिभिजनको कार्यक्षेत्र रहेको धादिङ जिल्ला अन्तर्गतका क्षेत्रहरु (पृथ्वी राजमार्गको मौवा खोला देखि नौविसेसम्म र त्रिभुवन राजपथको नौबिसेदखी पिप्लामोडसम्म) का सडक योजनाहरु नुवाकोट डिभिजनमा हस्तान्तरण भई सोही निर्णय बमोजिम हाल यस डिभिजनको कार्यक्षेत्र चितवन जिल्ला र नवलपरासी (बर्दाघाट सुस्ता पुर्व) जिल्ला रहेको छ।

दृष्टिकोण, लक्ष्य र उद्देश्य

  • सडक यातायातमा सहजिकरण गरि प्रत्यक्ष जनता लाभान्वित हुने ।

  • सडक निर्माण सुधार गरि आवधिक मर्मत तथा निमार्ण कार्य गर्ने ।

  • आफ्नो कार्य भित्र योजना तथा कार्यक्रम बमोजिम लक्ष्य हासिल गरी उद्देश्य प्राप्त गर्ने ।

 शाखाहरु

  • प्राविधिक शाखा

  • लेखा शाखा

  • प्रशासन शाखा /स्टोर शाखा

  • सूचना प्रविधि शाखा