हाम्राे बारेमा
योजनाको आधारभुत विवरण
१. आयोजनाको नाम : भेडेटार-रवि-राँके सडक योजना, रवि , पाँचथर
२. आयोजना स्थल : भेडेटार-रवि-राँके
३. आयोजनाको लक्ष्य : १ नं. प्रदेश अन्तर्गत कोशी राजमार्ग देखी मेची राजमार्ग जोड्ने छोटो दुरि को सडकको रुपमा बिकाश हुने ,आन्तरीक तथा बाह्य पर्यटन प्रबर्ध्दनमा बृध्दि गर्ने,यस क्षेत्रमा उत्पादित कृषिजन्य पदार्थलाई सजिलै बजारसम्म पहुँच गराई अन्य आर्थिक क्रियाकलाप बढाई राष्ट्रकै उन्नतिको लक्ष्य हासिल गर्ने ।
४. आयोजनाको उदेश्य : सडक यातायातमा सहज र सर्व सुलभ पहुँच व्यापार अभिवृध्दि गर्ने,आन्तरीक तथा बाह्य पर्यटन प्रबर्ध्दनमा टेवा पु-याउने,यस क्षेत्रमा उत्पादित कृषिजन्य पदार्थलाई सजिलै बजारसम्म पहुँच गराई कृषकको आयस्तर बढाउने।
५. आयोजनाको प्रतिफल : भेडेटार-रवि-राँके सडक योजना, रवि ,पाँचथरले भेडेटार (०+०००कि.मि.) देखि राँके (१००+३५७ कि.मि.) सडक खण्ड कालोपत्रे सडकको रुपमा स्तर उन्नति हुने ।
६. आयोजनाका प्रमुख क्रियाकलापहरु : सडक तथा कलवर्ट निर्माण
७. दिगो विकास लक्ष्य :धान्न एवंम वहन गर्न सकिने र सबैका लागि न्यायोचित पहुँच हुन सकोस भन्ने कुरामा केन्द्रित रहेर आर्थिक विकास र मानव सुख सम्बृध्दिलाई सहयोग गर्ने लगायत गुणस्तरीय भरपर्दो दिगो र उत्थानशिल(Resilient) पूर्वाधारहरुको विकास गर्ने ।
८. क्षेत्र (Sector) : पूर्वाधार
९. उपक्षेत्र (Sub-Sector) : सडक
१०. आयोजनासित सम्बन्धित आवधिक योजनाका कार्यनिति :
- सडक विकास तथा विस्तारमा प्रादेशिक सन्तुलन कायम ,आर्थिक केन्द्र,पर्यटकिय गन्तव्य,व्यापार बृध्दि लगायतका विषयलाई ध्यान दिईने ।
- यात्रा अवधि छोट्याउने राष्ट्रिय रणनैतिक सडक सञ्जाल विस्तार गरिने ।