हाम्राे बारेमा
योजनाको स्थापना
- तत्कालिन समयमा भारतद्वारा गरिएको नाकाबन्दीको समस्या समाधान गर्न मिति २०७२/०८/१७ गते को नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार गल्छी त्रिशुली मैलुंग स्याफ्रुबेशी रसुवागढी सडकलाई सहायक मार्ग तोकी राष्ट्रिय गौरवको मान्यता प्रदान गर्दै दुई देश बिचको छोटो दुरीको व्यापारिक मार्गको रुपमा स्थापित भएको।
- २०७२/०८/१७ को नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार सडक ऐन २०३१ दफा ३ को खण्ड ख अनुसार यस सडक लाई Feeder Road तोकेर केन्द्र बाट १५/१५ मि गरि ३० मि सडक सिमा कायम गरिएको।
- जग्गा प्राप्ति ऐन २०३४ अनुसार जग्गा अधिग्रहण गर्नुपर्ने कानुनी प्रावधान रहेको।
यस योजनाको कूल ८२ कि.मि. जस मध्ये ३ खण्डमा विभाजन गरी देहाय बमोजिम निर्माण भैरहेको ।
· प्रथम खण्ड :गल्छी त्रिशुली मैलुंग (०+००० देखि ४६ +०००)
· ठेक्काको नाम: Upgrading of Galchhi Trishuli Mailung Road To Dedicated Double Lane Standard
· निर्माण व्यवसायी: M/S COVEC/Tundi/Rasuwa JV, सानेपा, ललितपुर
· लम्बाई: ४६ कि. मि.
· २१ कि. मि. पहिलो चरणको कालोपत्रे (DBM) गरि सकिएको ।
· १४ कि. मि. दोस्रो चरणको कालोपत्रे (Asphalt Concrete) गरिएको ।
· हालसम्मको कुल भौतिक प्रगति: ६५%
· दोस्रो खण्ड : मैलुंग स्याफ्रुवेशी (४६+००० देखि ६५ +०००)
· ठेक्काको नाम: Upgrading of Mailung Syaphrubesi Road To Dedicated Double Lane Standard
· निर्माण व्यवसायी: M/S Bharat Construction-Siddhi Sai JV, Kathmandu
· लम्बाई: १९ कि. मि.
· यस आ.व. मा सम्झौता भई निर्माण व्यवसायीबाट कार्य सुचारु भएको
· सडक चौडा, Masonry, रुख कटानको सहमती लिने कार्य भइरहेको
· तेस्रो खण्ड : स्याफ्रुवेशी रसुवागढी (६५+००० देखि ८२ +०००)
· लम्बाई: १७ कि. मि.
· चीन सरकारद्वारा निर्माण कार्य सुरु हुने
· Covid-19 को कारण कार्य सुचारु हुन नसकेको