हाम्रो बारेमा
गण्डकी अञ्चल कास्की जिल्ला पो.उ.न.पा वडा नं.७ रत्नपुरी पार्दि स्थित यस डिभिजन रहेको छ । साविक सडक बिभाग यान्त्रिक कार्यालयको रुपमा २०४६ पुष मसान्तमा स्थापना भई कार्य संचालन गदै आएकोमा नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार मिति २०७१/४/२० मा हेभी ईक्विप्मेन्ट डिभिजनको रुपमा स्तरउन्नत्ती भई काम काज संचालन गदै आएको छ । विगत २६ बर्ष देखि सडक निर्माण,तथा संभार लगायतका सम्बन्धित मन्त्रालय एंव सडक विभाग अन्र्तगत रहेका यान्त्रिक उपकरण र सवारी साधनहरु मर्मत संभार कार्य गरि सेवा प्रदान गदै आएको यस कार्यालयमा बिभिन्न भारी उपकरण तथा सवारी साधनहरु संचालनमा छन । यस कार्यालय अन्र्तगत रहेका भारी उपकरणहरु सडक निर्माण तथा मर्मत कार्यमा अधिकतम प्रयोग हुनुको साथै फुर्सदको समयमा अन्य निकायहरुलाई भाडामा उपलब्ध गराई राजश्व संकलन गर्ने कार्यमा समेत उल्लेखनिय भुमिका निर्वाह गरेको छ ।
उदेश्य
यस डिभिजनको कार्य क्षेत्र अन्र्तगत पर्ने बिभिन्न राजर्मागहरु,सडक योजनाहरु तथा सडक संजालहरु बर्षायामा आउने बाढि पहिरोको कारण अबरुद्ध हुदाँ सडक विभागका बिभिन्न निकायहरु सगँ समन्वयम गदै आवश्यक उपकरणहरु परिचालन गरि यातायात ब्यवस्था सुचारु गर्न उल्लेखनिय भुमिका निर्वाह गदै आएको छ । यस बाहेक यस क्षेत्रमा सृजना हुने आकस्मिक एंव आपतकालिन परिस्थितीमा आवश्यकता अनुसार निर्माण उपकरणहरु परिचालन गरी स्थिती सामान्य तथा सरलीकरण गर्न समेत यस कार्यालयले उल्लेखनिय भुमिका निर्वाह गदै आईरहको छ ।
यस कायालयम तपशिल बमोजिमका शाखा रहेको छन ।
क) प्रशासन शाखा
ख) लेखा शाखा
ग) प्राबिधिक शाखा