कार्य क्षेत्र

मन्त्रिपरिषद्को मिति २०७५/०२/०६ को निर्णय बमोजिम चुरे तथा भित्रि मधेसका उपत्यकाहरु र सो क्षेत्रभित्र पर्ने खानी स्थलहरुलाई देशका प्रमुख शहरहरुसँग जोड्न झापाको बाहुनडाँगी देखि डडेल्धुराको रुपाल सम्म मदन भण्डारी राजमार्ग निर्माण गर्ने।आयोजनाको अवधि आ.व. २०७५/७६ देखी २०८१/८२ सम्म  (संशोधन प्रस्ताव आ. व. २०८४/८५) रहेको। झापा, इलाम, मोरङ, सुनसरी, उदयपूर, सिन्धुली, मकवानपूर, चितवन, नवलपरासी पूर्व, पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रोल्पा, सल्यान, सुर्खेत, डोटी, कैलाली र डडेल्धुरा गरी ६ वटा प्रदेशका १९ वटा जिल्लाहरूलाई जोड्ने राजमार्ग तथा विभिन्न राजमार्गहरूलाई जोड्ने।मदन भण्डारी राजमार्ग अन्तर्गत झापाको बाहुनडाँगी देखी डडेल्धुराको रुपाल सम्म १३९० कि.मि. भएता पनि यस आयोजना बाट निर्माण हुने सडक जम्मा ७४० कि.मि. रहेको।रिडी-बालकोट-हंसपुर्,-प्युठान, प्युठान-सुर्खेत राजमार्ग (NH19) अन्तर्गत गुल्मीको रिडी देखी सुर्खेतको बोटेचौर सम्मको  २१९ कि.मि. सडक खण्ड पनि यस आयोजना बाट निर्माण भईरहेको।


यस निर्देशनालय अन्तर्गतका योजना कार्यालयहरु


मदन भण्डारी राजमार्ग आयोजना कार्यालय, दमक
मदन भण्डारी राजमार्ग आयोजना कार्यालय, गाईघाट
मदन भण्डारी राजमार्ग आयोजना कार्यालय, हेटौंडा
मदन भण्डारी राजमार्ग आयोजना कार्यालय, गुल्मी
मदन भण्डारी राजमार्ग आयोजना कार्यालय, सुर्खेत