ठेक्का अन्त्य गरिएको सम्बन्धि सूचना I (गोरखापत्र दैनिक-२०८३/०२/२०)
२०८३ जेठ २०
यस कार्यालय र श्री नागार्जुन कन्स्ट्रक्सन प्रा.लि., बालाजु, काठमाडौँ बिच सम्झौता भएको ठेक्का नंः RDMNR/337310113/077/078-015, Relabiditation Slope stabilization and Pavement construction works (CH 16-000 to 58-000) of Mahakah Highway, Kailali का लागि निर्माण व्यवसायीलाई लिखित तथा मौखिक रुपमा कार्य सम्पन्न गर्न पटक-पटक अनुरोध साथै मिति २०८२/१२/२३ मा गोरखापत्र दैनिक पत्रिकामा स्पष्टिकरण सूचना जारि गरिदा समेत निर्माण व्यवसायीले स्पष्टिकरण पेश नगरेको कारणले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ को उपदफा (२),(७) र ठेक्का सम्झौताको GCC Clause No. 72, 72.3(b) मा भएको व्यवस्थाको आधारमा मिति २०८३/०२/१८ को निर्णय अनुसार ठेक्का अन्त्य (Terminate) गरिएको व्यहोरा जानकारी गराइन्छ। साथै सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ (३) र ऐ.ऐन ५९ (८) र सझौताको GCC ७५.३ बमोजिम Valuation भई स्थापित हुने रकम सरकारी बाँकी सरह असूल उपर हुने कानुनी व्यवस्था भएकोले यो सूचना प्रकाशित भएको १५ दिन भित्र निर्माण व्यवसायीलाई यस कार्यालयमा सम्पर्क राखी वित्तिय फरफारक गर्न समेत अनुरोध गरिन्छ ।