हाम्राे बारेमा
महाकाली पुल योजना कार्यालयको Web Site मा यहाँलाई स्वागत छ
कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिकाको ओदालीबाट महाकाली नदीको बहाव क्षेत्र २ किलोमिटर रहेको स्थानमा ८०० मि. को ४ लेन पक्की पुल निर्माण गरी सोही पुलमा महाकाली नदीको धार परिवर्तन गरी पारीपट्टी दोधाराचाँदनी नगरपालिका सँग जोड्ने र सो पुलसम्मको पहुँच मार्ग निर्माण र पुलको पूर्व र पश्चिम पट्टि २ ठूला पोखरी निर्माणको जिम्मेवारीका साथ स्थापना भएको महाकाली पुल योजना कार्यालयले हाल आएर सडक विभाग पुलमहाशाखा अन्तर्गत पुल सेक्टर सुदूरपश्चिम समेतको जिम्मेवारी थप भई सुदूरपश्चिम प्रदेश भित्रका ठूला पुलहरुको निर्माण कार्य समेत यस योजनाबाट हुँदै आएको छ ।