ठेक्का किन नतोडने ? सम्बन्धी अत्यन्त जरुरी सूचना
२०८३ बैशाख ०३
सार्वजनिक खरिद ऐन तथा नियमावली र ठेक्का सम्झौताको शर्त बमोजिम ठेक्का किन नतोडने ? ठेक्का नतोड्नु पर्ने कुनै मनासिव कारण भएमा ७ दिन भित्र विश्वसनिय स्पष्टीकरण सहित यस कार्यालयमा आधिकारिक प्रतिनिधि उपस्थित हुन अनुरोध छ । अन्यथा यसै सूचनालाई अन्तिम ताकेता मानी सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ तथा नियमावली २०६४ को नियम १२८ र ठेक्का सम्झौताको GCC 72.1 बमोजिम ठेक्का सम्झौता अन्त्य गर्ने प्रक्रिया अगाढी बढाईने सम्बन्धि जानकारी ।