हाम्राे बारेमा

यस मिर्चैया कटारी घुर्मी सडक योजना कार्यालय नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति: २०७८-०७-०७ को निर्णयानुसार स्थापना २०७८-१२-२४ बाट यस कटारी, उदयपुरमा स्थापना भएको हो । साविकमा नेपाल सरकारको निर्णयानुसार मिर्चैया कटारी ओखलढुंगा सल्लेरी सडक सहायक मार्गमा (Feeder Road, F052) सुचिकृत भएकोमा २०७२ सालमा नेपालको संविधान जारी भै देश संघीय संरचनामा प्रवेश गरे पश्चात मिति २०७६-०२-०६ को नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयबाट कायम भएको माडर -चौहर्वा, गोलबजार सिरहा साँघुरे उदयपुर, मिर्चैया-कटारी-घुर्मी, हिलेपानी- ओखलढुगां-सल्लेरी (NH20)  राष्ट्रिय लोकमार्गको रुपमा कायम भएको छ । यस योजना कार्यालय स्थापनाको मुख्य उद्देश्य NH20 राष्ट्रिय लोकमार्गको मिर्चैया-कटारी-घुर्मी खण्डलाई कालोपत्रे स्तरमा स्तरोन्नति गरी उक्त सडक खण्डको सार्वजनिक यातायातलाई छिटो, छरितो, कम खर्चिलो तथा सुरक्षित बनाउने साथै सार्वजनिक आवागमनलाई प्राभावकारी, व्यवस्थित, कुशल तथा भरपर्दो बनाई उक्त क्षेत्रका नागरिकको जीवन स्तरमा सुधार ल्याउनु हो ।