उपकरण प्रयाेग सम्बन्धी जानकारी
उपकरण प्रयोगकर्ताले पालना गर्नु पर्ने नियम तथा शर्तहरु
१. बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म १० घन्टाको १ सिफ्ट हुनेछ ।
२. Hourly Hire Rate अनुसार माग भएमा माग गरेको घन्टाको लागि Hourly Hire Rate अनुसार भाडामा दिईने छ ।
३. मेसिन बिग्रेको समयमा भाडा लाग्ने छैन ।
४. सार्बजनिक बिदाको दिन मेसिन संचालन नभएमा भाडा लाग्ने छैन ।
५. काम गरेको वखतमा मेसिनको कुनै पनि हानि -नाेक्सानीकाे क्षातिपूर्ती गर्ने उत्तरदायित्व मेशिन प्रयोगकर्ताको हुने छ ।
६. मेसिन भाडामा माग भएको समयको लागि लाग्ने भाडा रकममा २५ प्रतिशत थप गई हुन आउने रकमको काेषा तथा लेखा नियन्त्रण कार्यालयको नेपाल बैक लिमिटेड स्थित धरौटी खाता नं. २७/५१ ८४२७ मा जम्मा गराइ निवेदन साथ ऊक्त भौचर पेश गर्नु पर्नेछ ।
७. मेसिन बिग्रीई मर्मत गर्न समय लागेको कारणबाट मेसिन प्रयोगकर्ताको काममा कुनै बाधा नोक्सानी पर्न गएमा यस कार्यालय जिम्मेबार रहने छैन ।
८. मेसिन संचालन गर्दा कार्यक्षेत्रको संधियार कसैलाई हानी नोक्सानी भएमा साे को क्ष्यतिपूर्ती जिम्मेवारी मेसिन लग्ने निकाय कै हुनेछ ।
९. काम नसकिकन मेसिन बिग्री वा अन्या कारणले फिर्ता गर्न परेमा फिर्ता गर्न लाग्ने खर्च समेत मेशिन प्रयोगकर्ताले व्यहोनु पर्ने छ ।
१०. खटिएका अपरेटर मेकानिक आदिले पाउने खर्च तथा ओवर टाईम भत्प्रता प्रयाेगकर्ताले व्यहोनु पर्नेछ ।
११. मेसिन प्रयोग कर्ताले अनिवार्य रुपमा समय मिति जनाई मेसिन बुझ्न पर्नेछ र फिर्ता गर्दा यस कार्यालयले अनिवार्य रुपमा समय र मिति जनाई बुझ्नेछ ।
यान्त्रिक उपकरण भाडा दर, (ईन्धन बाहेक) तालिका
सि.नं. | मेसिन | सडक विभागको कोड | क्षमता बर्ग | भाडा दर | प्रति सिफ्ट रु. |
प्रति घण्टा रु. | |||||
१ | ट्रयाक डोजर | ३१ | १२०देखि १८० हर्ष पावर सम्म | १८०० | १२६०० |
२ | मिनी ट्रम्पर | ३५ | १ घन मिटर सम्म | २५० | १७५० |
३ | मोटरग्रेडर | ५५ | १८० देखि १४५ हर्ष पवेर साम | १२०० | ८४०० |
४ | व्हिल लोडर | ६८ | १.७५ देखि २.५ घन मिटर सम्म | १२०० | ८४०० |
५ | व्हिल लोडर | ६८ | १ देखि १.७५ घन मिटर सम्म | १००० | ७००० |
६ | ३ व्हिल लोडर | ९४ | १२ टन सम्म | ५०० | ३५०० |
७ | Pedestal Vibrating रोलर | ९८ | ०.५ टन सम्म | ४०० | २८०० |
८ | टिपेर ट्रक | ११६ | १५० हर्ष | ४५० | ३१५० |
९ | मिनी ट्रक | ११७ | ३०० | २१०० | |
१० | वाटर ट्यांकर | ११९ | ६ किलो लिटर सम्म | ५५० | ३८५ |