पृथ्वी राजमार्ग (नौबिसे – मुग्लिङ्ग खण्ड) आंशिक बन्द रहने बारेको सूचना

२०८१ पौष ०७

पृथ्वी राजमार्ग (नौबिसे – मुग्लिङ्ग खण्ड) आंशिक बन्द रहने बारेको सूचना

पृथ्वी राजमार्गको नौबिसे मुग्लिङ्ग खण्डको पोखरेभीर (कि.मि. ३३+३००) र विशालटार (कि.मि. ५२+५००) मा चट्टान काटी मोड सुधार गर्नुपर्ने भएकोले जिल्ला सुरक्षा समिति धादिङको मिति २०८१/०९/०३ को निर्णयानुसार उपरोक्त स्थानहरुमा यही मिति २०८१/०९/०७ देखि २०८१/०९/१३ सम्म दिउसो ११ बजे देखि २ बजे सम्म यातायात सवारीसाधनहरु आंशिक रुपमा रोकी निर्माण कार्य गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएकोछ . उपरोक्त स्थानहरुमा तपशिल बमोजिम भारी तथा हलुका सवारीसाधनहरु रोकिने व्यहोरा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुमा जानकारी गराइन्छ .

तपशिल:

  • पोखरेभिर (कि.मि. ३३+३००) मोड सुधारको लागि रोकिने स्थानहरु:

 

नौबिसेबाट गजुरीतर्फ जाने सवारी साधनहरु

मलेखुबाट नौबिसेतर्फ जाने सवारी साधनहरु

मिति र समय

सवारीको प्रकार

रोकिने स्थान

सवारीको प्रकार

रोकिने स्थान

मिति २०८१/०९/०७ देखि २०८१/०९/१३ सम्म दिउसो ११ बजे देखि २ बजे सम्म

भारी सवारी साधनहरु

गल्छी-बैरेनी (कि.मि.२४+०००)

भारी सवारी साधनहरु

चालिसे (कि.मि. ४०+०००)

हलुका सवारी साधनहरु

जरेखेत (कि.मि. ३२+३००)

हलुका सवारी साधनहरु

घाटबेशी (कि.मि. ३५+०००)

  • विशालटार (कि.मि. ५२+५००) मोड सुधारको लागि रोकिने स्थानहरु:

 

मुग्लिङ्गबाट मलेखुतर्फ जाने सवारी साधनहरु

मलेखुबाट मुग्लिङ्गतर्फ जाने सवारी साधनहरु

मिति र समय

सवारीको प्रकार

रोकिने स्थान

सवारीको प्रकार

रोकिने स्थान

मिति २०८१/०९/०७ देखि २०८१/०९/१३ सम्म दिउसो ११ बजे देखि २ बजे सम्म

भारी सवारी साधनहरु

मझिमटार (कि.मि. ६१+०००)

भारी सवारी साधनहरु

बेनिघाट बजार (कि.मि. ५०+१००)

हलुका सवारी साधनहरु

चरौदी बजार (कि.मि. ५६+०००)

हलुका सवारी साधनहरु

विशालटार (कि.मि. ५१+३००)

पुनश्च:

उपरोक्त स्थानहरुमा रोकिएका सबै सवारी साधनहरुलाई दिउँसो २:०० बजे पछी मात्र छोडिने व्यहोरा अनुरोध छ। रोकिएको समयमा सवारीसाधन रोक्दा र  सवारी चलाउँदा कडाईका साथ आफ्नो लेन अनुशासन कायम राख्नुहुन तथा सवारी लामबद्ध भएको अवस्थामा जथाभावी ओभरटेक नगर्नुहुन समेत अनुरोध छ । साथै एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन निर्वाध रुपमा संचालन हुने व्यहोरा समेत जानकारी गर्राइन्छ । यसबाट सम्पूर्ण सडक प्रयोगकर्ता महानुभावहरुमा पर्न गएको असुविधा प्रति योजना कार्यालय क्षमाप्रार्थी छ ।

 

नागढुङ्गा मुग्लिङ्ग सडक योजना(पुर्बी खण्ड)         नागढुङ्गा मुग्लिङ्ग सडक योजना(पश्चिम खण्ड)                        जिल्ला ट्राफिक प्रहरी कार्यालय, धादिङ


डाउनलोड गर्नुहोस्