त्रिभुवन राजपथ (नागढुङ्गा - नौबिसे खण्ड) आंशिक बन्द रहने बारेको सूचना

२०८२ बैशाख २०

त्रिभुवन राजपथ (नागढुङ्गा - नौबिसे खण्ड) आंशिक बन्द रहने बारेको सूचना

त्रिभुवन राजपथको नागढुङ्गा-नौबिसे खण्डको नागढुङ्गा - पिप्लामोड (कि.मि. ०+००० - १+८००) सडक निर्माण सुधार गर्नुपर्ने भएकोले सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा मिति यही मिति २०८२/०१/२२ देखि २०८२/०१/३१ सम्म राती ११ बजे देखि विहान ३ बजे सम्म सवारीसाधनहरु आंशिक रुपमा रोकी निर्माण कार्य गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ । उपरोक्त स्थानहरुमा तपशिल बमोजिम भारी तथा हलुका सवारीसाधनहरु रोकिने व्यहोरा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुमा जानकारी गराइन्छ .

तपशिल:

नागढुङ्गा चेकपोस्ट - पिप्लामोड (कि.मि. ०+००० - १+८००) सडकको लागि रोकिने स्थानहरु:

काठमाडौँ बाट नौबिसेतर्फ जाने सवारी साधनहरु

नौबिसेबाट  काठमाडौँतर्फ जाने सवारी साधनहरु

मिति र समय

सवारीको प्रकार

रोकिने स्थान

सवारीको प्रकार

रोकिने स्थान

मिति २०८२/०१/२२ देखि २०८२/०१/३१ सम्म राती ११ बजे देखि विहान ३ बजे सम्म

हलुका तथा भारी सवारी साधनहरु

नागढुङ्गा चेकपोस्ट

(कि.मि. ०+०००)

हलुका तथा भारी सवारी साधनहरु

खत्रिपौवा पुल

(कि.मि. ४+०००)

पुनश्च:

साना तथा मझौला सवारीसाधनको लागी बैकल्पिक रुट

१. सीतापाईला - रामकोट - भिमढुङ्गा  धार्के सडक तथा

२. सामाखुशी - टोखा -गुर्जेभन्ज्याङ - छहरे - त्रिशुली (विदुर)- गल्छी सडक

उपरोक्त स्थानहरुमा रोकिएका सबै सवारी साधनहरुलाई विहान ३:०० बजे पछी मात्र छोडिने व्यहोरा अनुरोध छ। रोकिएको समयमा सवारीसाधन रोक्दा र  सवारी चलाउँदा कडाईका साथ आफ्नो लेन अनुशासन कायम राख्नुहुन तथा सवारी लामबद्ध भएको अवस्थामा जथाभावी ओभरटेक नगर्नुहुन समेत अनुरोध छ । साथै एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन निर्वाध रुपमा संचालन हुने व्यहोरा समेत जानकारी गर्राइन्छ । यसबाट सम्पूर्ण सडक प्रयोगकर्ता महानुभावहरुमा पर्न गएको असुविधा प्रति योजना कार्यालय क्षमाप्रार्थी छ ।

नागढुङ्गा मुग्लिङ्ग सडक योजना(पुर्बी खण्ड)


डाउनलोड गर्नुहोस्