नागढुङ्गा-नौबिसे-मलेखु सडक खण्ड आंशिक बन्द रहने बारेको सूचना !
२०८२ मंसिर २१
नागढुङ्गा-नौबिसे-मलेखु सडक खण्ड आंशिक बन्द रहने बारेको सूचना !
त्रिभुवन राजपथको नागढुङ्गा-नौबिसे सडकखण्ड कालोपत्रे गरी स्तरोन्नती गर्ने कार्य सम्पन्न हुने चरणमा रहेको छ।यसै सिलसिलामा उक्त सडकको काठमाडौं जिल्ला भित्र पर्ने नागढुङ्गा पिप्लामोड खण्डको कालोपत्रे गर्ने कार्य उच्च प्राथमिकताका साथ आयोजनाबाट अघि बढाईएको छ। उक्त सडक खण्ड अन्यत्र भन्दा साँघुरो भएको र कालोपत्रे कार्य गर्नका लागि एकै पटकमा धेरै हेभीउपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने भएको कारण तथा धादिङ जिल्लाको गल्छी-गजुरी खण्डको साँघुरो र जोखिमपूर्ण रहेको पोखरेभिर क्षेत्रमा सडक चौडा गर्नुपर्ने भएकोले नागढुङ्गा देखि पिप्लामोड सम्म र पोखरेभिर क्षेत्रमा यही मिति २०८२-०८-२४ देखि २०८२-०९-०१ सम्म दिनको १०:३० बजे देखि ३:३० बजे सम्म सडक आवागमन बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई यसै सूचनाबाट जानकारी गराईन्छ ।
उक्त समयमा बैकल्पिक सडक मार्गहरुको प्रयोग गरिदिनुहुन तथा आफ्नो यात्रा समयलाई सो समय भन्दा अगाडी वा पछाडी व्यवस्थापन गरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध छ।उक्त समयमा भारी सवारीसाधनहरु देहायबमोजिमका स्थानमा रोकिने व्यहोरा जानकारी गराईन्छ। साथै अत्यावश्यकीय प्रकृतिका एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन, दमकल, शव वाहन जस्ता सवारीसाधनहरुको आवागमन ट्राफिक प्रहरीबाट सहजीकरण गरिने छ ।
सवारीसाधन रोकिने स्थानहरु
|
नागढुङ्गा-पिप्लामोड खण्डको लागी सवारी रोकिने स्थान |
गल्छी-गजुरी खण्डको लागी सवारी रोकिने स्थान |
||
|
काठमाडौँबाट नौबिसेतर्फ जाने सवारी साधनहरु रोकिने स्थान |
मुग्लिङबाट काठमाडौँ तर्फ जाने सवारी साधनहरु रोकिने स्थान |
नौबिसे बाट मुग्लिङतर्फ जाने सवारी साधनहरु रोकिने स्थान |
मुग्लिङबाट नौबिसे तर्फ जाने सवारी साधनहरु रोकिने स्थान |
|
नागढुङ्गा चेकपोस्ट |
खानीखोला (नौबिसे), जुंगेखोला (थाक्रे) |
गल्छी, बैरेनी र मासटार |
मलेखु |
पुनश्च:
साना तथा मझौला सवारीसाधनले अत्यावश्यक अवस्थामा प्रयोग गर्न सक्ने बैकल्पिक रुट
सीतापाईला - रामकोट - भिमढुङ्गा धार्के सडक, सामाखुसी-टोखा-छहरे-त्रिशुली(विदुर)-गल्छी सडक तथा जरेखेतस्थित त्रिशुली पुलबाट त्रिशुली पारीको बाटो हुँदै घाटबेशीको त्रिशुली पुल
उपरोक्त स्थानहरुमा रोकिएका सबै सवारी साधनहरुलाई दिउसो ३:३० बजे पछी मात्र छोडिने व्यहोरा अनुरोध छ। रोकिएको समयमा सवारीसाधन रोक्दा र सवारी चलाउँदा कडाईका साथ आफ्नो लेन अनुशासन कायम राख्नुहुन तथा सवारी लामबद्ध भएको अवस्थामा जथाभावी ओभरटेक नगर्नुहुन समेत अनुरोध छ। यसबाट आम सर्वसाधारण तथा यात्रूवर्गमा पर्न जाने असुविधाप्रति आयोजना कार्यालय तथा स्थानीय प्रशासन क्षमा प्रार्थी छौं ।
नागढुङ्गा मुग्लिङ्ग सडक योजना(पुर्बी खण्ड) जिल्ला प्रशासन कार्यालय, काठमाडौं जिल्ला प्रशासन कार्यालय, धादिङ
* सूचना यहाँबाट डाउनलोड गर्न सक्नुहुनेछ: