हाम्राे बारेमा
हुलाकी राजमार्ग निर्देशनालय
योजना कार्यालय, नेपालगन्ज
कुनै पनि मुलुकका सन्दर्भमा यातायात पुर्बधारमा सडक एउटा महत्वपूर्ण आधार हो / नेपाल जस्तो भुपरिबेस्थित मुलुकका लागि त सडक यातायात झनै महत्वपूर्ण बिषय बनेको छ / सडक संजाल त्यसमा पनि बेवस्थित सडक आर्थिक, सामाजिक, भौगोलिक हरेक द्रिस्टिकोंण बाट बिकासको प्रमुख मध्यम बनिरहेको हुन्छ / भौगोलिक विकटता र सुगमता दुबैले नेपालको सडक निर्माणमा प्रभाब परेको देखिन्छ / तुलनात्मक रुपमा तराईका समथर भुभाग सडक निर्माणका हिसाबले कहिँ सहजता देखिएता पनि त्यस छेत्रमा पनि सडक संचालन मा देशका पूर्व पश्चिम भएर जाने राजमार्गहरु मध्ये पूर्व पश्चिम तराईका मुख्य राजमार्ग सम्म सडक पहुच पुर्याउने उदेश्यलाई हुलाकी राजमार्ग हरुले ठुलो सहयोग पुर्याउदै आएको छन् / परा पूर्व काल देखिनै हुलाकी जोड्ने बाटोलाई नै हलको राजमार्ग नामाकरण गरिएको हो सो मध्ये हुलाकी राज्मार्ग २० वटा तराई को जिल्ला भै नेपाल भारत सिमा नाजिक बाट गएको छ /
सन् २०११ मार्च ८ मा नेपाल र भारत सरकार बीच भएको सम्झौता ले तराई को मध्ये भाग हालको महेन्द्र राजमार्ग र भारतको सिमा जोड्ने फिडर रोड हरुलाई नै आधार मानेर त्यहि अनुरुप विभन्न कामहरु अगाढी बढाउदै आएको देखिन्छ / देश को पूर्व पश्चिममा रहेको हुलाकी राजमार्ग तथा महेन्द्र राजमार्ग र भारत सिमाना जोड्ने फिडर सडक हरु समेटिने सम्झौता मा उल्लेख भएको छ / सम्झुता अनुसार नेपाल सरकार ले सडक निर्माण क लागि चाहिने जग्गाको अधिग्रहण, मुआब्जा वितरण, सडक सिमा भित्र रहेका अवरोध हरु जस्तै : बिधुत पोल, खाने पानि, टेलिफोन पोल, घर टहरा हटौने तथा निर्माण सामग्री हरुमा ढुंगा, गिट्टी, बालुवा जस्ता स्थानिय सामग्रीहरुमा लाग्ने कर नलग्ने, आवश्यक सामग्री राख्न जग्गा उपलब्ध गरिदिने, रोयेल्टी नलिने तथा निर्माण उपकरण सामग्रीहरु बिना भन्सार ल्याउन दिने पनि सम्झौता मा भएको अवस्था छ / साथै ठुला पुल हरु नेपाल सरकार बाट निर्माणका साथै निरन्तर प्रसशानिक तथा प्राबिधिक सहयोग गरिदिन पर्ने जिम्मेवारी रहेको छ / भारत सरकार का तर्फ बाट भने सडक निर्माणमा माटो बिच्याउने, ग्रावेल, कालो पत्रे गर्ने , साना साना कल्भर्ट निर्माण गर्ने पुलहरु बाहेकको जिम्मेवारी रहेको छ / यहि सम्झौताको मातहतमा रहेर हुलाकी राजमार्ग आयोजना कार्यालय, नेपल्गुन्ज बाट बाके, बर्दिया र दांग जिल्लाहरुमा तराई सडक हरु भित्र परेका हुलाकी राजमार्ग र उत्तर दक्षिण फिडर सडक हरु परेका छन् सो मा बाँके बर्दिया र दांग जिल्लाहरुमा सडक निर्माण भैरहेको छ / सुरुमा हुलाकी राजमार्ग योजना अन्तर्गत निर्माणको ठेक्का पाएको जी भी आर ईन्फ्रा स्टकचर लिमिटेड चेन्नाई, परामर्श दाता भारतकै राईटस लिमिटेड र संयोजक भौतिक पुर्बाधार तथा यातायात मन्त्रालय, नेपाल सरकार रहेको थियो / हाल धेरै सडक खण्डहरु नेपाल सरकारको लगानी मा निर्माण भैरहेको छ भने केहि सडक खण्डहरु भारतिय लगानीमा निर्माण भैरहेको छ /
यस हुलाकी सडक योजना कार्यालय, नेपालगञ्ज अन्तर्गत तपसिलका सडक खण्डहरू मा काम भैरहेको छ /
१ . नेपालगन्ज-बघौडा सडक : ०+००० कि.मि. देखि ४४+००० कि.मि. सम्म
२. भुरिगाउ-गुलरिया-मुर्तिया सडक : ०+००० कि.मि. देखि ३६+००० कि.मि. सम्म
३. बेलवा चोक –राजापुर –कर्णाली कैलाली सडक : ०+००० कि.मि. देखि २६+५०० कि.मि. सम्म
४. लमही-कोइलाबास सडक : ०+००० कि.मि. देखि ३३+००० कि.मि. सम्म