Bhurigau-Gulariya-Murtiya Road

भुरिगाउ-गुलरिया-मुर्तिया सडक : ० कि.मि. -३५+५०० कि.मि.

बर्दिया जिल्लामा पर्ने भुरिगाउबाट सुरु भएको यो सडक खण्ड बर्दिया जिल्लाको सदरमुकाम गुलरिया हुदै भारतीय सिमा मुर्तिया सम्म ३५+५०० कि.मि. लम्बाईको छ / २०७१ साल साउन २८,२९,र ३० गते  आएको बाढीले मुर्तिया सिमा नजिक विभिन्न ठाउहरुमा धेरै नै क्षति पुरयाएको थियो / यसले गर्दा सदरमुकाम सम्मको आवतजावतमा स्थानियले समस्या भोग्नु परेको थियो / भारतको सिमा नजिक ह्युम पाईप निर्माण गरेपछि यातायात सहज भएको थियो / ३५+१०० कि.मि. मा सर्जु खोलामा पुल निर्माण भैरहेको छ / यस सडक खण्ड करिब सबै ठाउमा एक तहको ग्राभेलको काम पुरा भएको छ / सडक को बिचबिचमा स साना कल्भर्ट निर्माण भएको छ / २०+२०० कि.मि. मा रहेको बुढी खोलामा पुल निर्माण भैरहेको छ / भुरिगाउ गुलरिया मुर्तिया फिडर सडक खण्डको सिमा भित्र सदरमुकाम गुलरिया सदरमुकाम देखि दक्षिण क्षेत्रका सडक मा अहिले केहि बिजुलीका पोल सारिएको छ /  हाल ग्राभेल गर्ने, बेस कोर्स राख्ने , माटो सम्याउने र ठाउँ ठाउँ मा साना साना कल्भर्ट निर्माण गर्ने काम  भैरहेको छ . यस सडकको चौडाई सडकको बीच भाग बाट दाया बाया १५/१५ मि. रहने गरि ७ मि. कालो पत्रे हुने र बाकी भाग मा सोल्जर २*२ गरि जम्मा १२ मिटरको सडक निर्माण हुनेछ /

ठेक्का न.

सडक खण्ड

सम्झौता रकम रु

सम्झौता मिति

सम्पन्न गर्नु पर्ने मिति

हाल सम्मको खर्च

भौतिक प्रगति

HRP/3372244/073/074-UR-003

00+000-18+000

३२७७६३९८७

२०७३/१०/२१

२०७६/३/३१

१४८२३४५३३/६६

४५%

HRP/3372244/073/074-UR-004

18+000-35+500

२९४०७४६७९

२०७३/१०/२१

२०७६/३/३१

१२८५१७१८४.४५

५०%

HRP/3372244/072/073- BC-038

Bdhikola Bridge Length 40m

६८४२६६९४

२०६३/०३/२६

२०७५/३/२६

३१०५००९६/०१

४०%

HRP/3372244/072/073-UR-032

Sarjukhola Bridge Length 40m.

५०६८४८१२

२०७३/३/५

२०७५/३/५

१९६३७००७/०१

२०%

यो सडकमा करिब १० कि.मि. कालोपत्रे कार्य सुरु गरियको छ /

हाल सम्म All Weather Road बनिनसकेको हुदा सवारी साधन चलाउन अनुमति दिईएको छैन /

समस्याहरु :

  • बगनाहा भन्ने स्थानमा जग्गा बिबाध समाधान नभएको ले ढिलाई भैरहेको छ /
    • बिधुत/तेलिफोनका पोलहरु सडक सिमा बाहिर राख्ने गरि सडक बिभागबाट स्वकृति लिए पनि सडकमा नै गाढने र पछी सार्नु पर्ने अवस्थामा ठुलो रकम माग गरि काम अड्काएर राख्ने प्रवृतिले काममा बाधा भैरहेको छ /