Lamahi-Koilabas Road Dang
लमही-कोइलाबास सडक : ०+००० किमी देखि ३३+४६९ कि.मि. सम्म
दांग जिल्लामा पर्ने महेन्द्र राजमार्ग लमही बाट सुरु भएको यो राजमार्ग भारतीय सिमा कोइलाबास सम्म ३३ कि.मि. लम्बाई रहेको छ/ सडक निर्माण संगै लमही बेवस्थित सहरको रुपमा बिकसित हुदै गएको छ / बजारको बिचबाटै सडक ३० मि. को सिमा कायम गरि जग्गा को मुआब्जा बितरण कार्य भैरहेको छ र सडक निर्माणमा तिब्रता दिईएको छ / हाल नामाही कोइलाबास फिडर रोडको सेन्टर लाईन फिक्स भैसकेको र १५/१५ मि. मा सडक सिमा स्तम्भ राखेर सदा अवलोकन गर्ने काम पनि भैरहेको छ / यस फिडर सडक मा राप्ती पुल निर्माण भै संचालनमा रहेको र जमुनिबास खोलामा ८२ मि. पुल निर्माण भैसकेको छ / त्यसबाट स्थानियहरुलाई आवतजावत मा सहजता भएको छ / ठाउँठाउँमा पुल र Cause way समेत बनाउनु पर्ने छ/ राजमार्गका १९ कि.मि. मा गएको पहिरो डोजर ले सफा गर्ने र फराकिलो पार्ने काम भएको छ / यो बाटो नबन्नका कारणले गर्दा खेरि यहाका मान्छेले ठुलो कस्ट भोग्नु परेको थियो / यो सडकमा अहिले जग्गा अधिग्रण गर्ने , बिधुतिय पोलहरु हटाउने, रुखहरुको कटान छपानहरुको प्रक्रिया अगाडी बढिरहेको छ र अहिले यसमा भारतिय लगानीमा कालिका –कुमार जे.भी. ले ठेक्का लिएको छ / यस सडकको निर्माण सुपरभिजन National highways & infrastructure development corporation limited ministry of road transport & highways, Govt of india बाट नै भैरहेको छ /
यस सडकको चौडाई सडकको बीच भागबाट दाया बाया १५/१५ मि. रहने गरि ७ मि. कालो पत्रे हुने बाकी भागमा सोल्जर २.५*२.५ गरि जम्मा १२ मिटरको सडक निर्माण हुनेछ / हालसम्म करिब १७ कि.मि. माटो फिलिंग, १५ कि.मि. ग्राभेल, ६ कि.मि. बेस कोर्स, ३ कि.मि. अस्फल्ट कंक्रिटको काम , ............ वटा कल्भर्, ५०० मि. नाली निर्माणको काम भएको छ/ अन्य बिबरण यस प्रकार छ/
|
ठेक्का न |
सडक खण्ड |
सम्झौता रकम रु |
सम्झौता मिति |
सम्पन्न गर्नु मिति |
हाल सम्मको खर्च |
भौतिक प्रगति |
|
HRP/3372244/073/074-UR-016 |
0+000 to 33+469 |
|
|
|
|
|
यो सडक हाल सम्म All weather road बनिनसकेको हुदा सवारी साधन चलाउन अनुमति दिईएको छैन /
समस्याहरु :
- जग्गा लगत कट्टा गर्ने कार्यमा नापी कार्यालय र मालपोत कार्यालयबाट संतोसजनक रुपमा सहयोग प्राप्त नभएकोले ढिलाई भैरहेको छ /
- बिधुत/तेलिफोनका पोलहरु सडक सिमा बाहिर राख्ने गरि सडक बिभागबाट स्वकृति लिए पनि सडकमा नै गाढने र पछी सार्नु पर्ने अवस्थामा ठुलो रकम माग गरि काम अड्काएर राख्ने प्रवृतिले काममा बाधा भैरहेको छ /