Nepalgunj-Baghauda Road

नेपालगन्ज-बघौडा सडक : ०+००० कि.मि. ४४+००० कि.मि. सम्म

बाँके जिल्ला सदरमुकाम नेपालगञ्जको पुष्पलाल चोकबाट सुरु भएको यो हुलाकी राजमार्ग भारतीय सिमा बघौडा सम्म ४४.५ कि.मि. लम्बाईको छ/ यस सडकको सडक सिमा सडकको केन्द्र रेखा बाट दाया बाया १५/१५ मि. रहेको छ/ २०३४ सालमा जम्मा २० मि. चौडाई कायम रहेको यस सडकमा थप १० (५/५) मि. को मात्र मुआब्जा दिई जग्गा अधिग्रहण गर्ने कार्य भैरहेको छ / यस सडक को चौडाई सडकको बीच भागबाट दाया बाया १५/१५ मि. रहने गरि ७ मि. कालोपत्रे हुने र बाकी भागमा सोल्जर २*२ गरि जम्मा १२ मिटरको  सडक निर्माण हुनेछ / कम्दी चोक पचिम खोलामा भने पक्कि पुल निर्माण भैरहेको छ सडक छेउ बिजुलीको पोलहरु राख्ने सर्ने काम पनि सम्पन्न गर्न पनि पहल भैरहेको छ / यस फिडर रोडमा पर्ने राप्ती नदीमा लामो पुल निर्माण भैसकेको छ तर बर्सेनि आउने बढीले यस क्षेत्रको एप्रोच सडकमा बढी नै क्षेति पुर्याउदै आएको छ/ राप्ती नदीको बहावले बाढीका कारण राप्ती पारि ९+५०० कि.मि. मा १ कि.मि. सडक कल्भर्टर बेलिब्रिज बगाएको छ भने विभिन्न ठाउमा कल्भर्टलाई क्षेति पुर्याई प्रयोग बिहिन बनाइदिएको छ / राप्ती नदि पुल पारि सिस्निया घाटमा पुल निर्माण भैरहेको छ बाढीले खण्डहर बनाएको यस ठाउमा तत्काल थप पुल निर्माणको पहल भएन भने यस भेगका नौ गौउ विकास समिति सदरमुकाम संग सम्पर्क बिहिन  हुने अवस्था देखिएकोले सडक बिभागमा समस्या समाधानका लागि अनुरोध गरिएको छ / यस सडक खण्डमा तल उल्लेख जम्मा तीन वटा ठेक्का हरु मार्फत निर्माण कार्य भैरहेको छ/ सुरु समयमा भरतिय लगानीमा सुरु गरिएको  यस सडकमा हाल सम्पूर्ण खर्च नेपाल सरकारको लगानी मा भैरहेको छ /

ठेक्का न.

सडक खण्ड

सम्झौता रकम रु

सम्झौता मिति

सम्पन्न गर्नु पर्ने मिति

हाल सम्मको खर्च

भौतिक प्रगति

HRP/3372244/073/074-UR-005

00+000-22+000

३४६६९३०६४

२०७३/१०/२०

२०७६/३/३१

१५३३१०५३२/०२

४०%

HRP/3372244/073/074-UR-006

22+000-44+000

३१३९४३८२५

२०७३/१०/२०

२०७६/३/३१

१११११७५९८/०६

४०%

HRP/3372244/070/071- 015

9+000 Bridge length 50m.

३६५४००२३

२०७१/३/२५

२०७५/२/२० 

२०६४३५२१/४२

५०%

हालसम्म करिब ४३ कि.मि. माटो फिल्लिंग, ३८ कि.मि. 1st Layer ग्रावेल, ९०० मि. बेस कोर्ष, ......... वटा कल्भर्ट, १५०० मि नाली निर्माण को काम भएको छ यो सडक हाल All Weather Road बनिनसकेको हुदा सवारी साधन चलाउन अनुमति दिईएको छैन /

समस्याहरु :

  • भारतीय कम्पनि GVR ले निर्माण गरेको कल्भर्टहरुको चौडाई सानो भै कुनै पुरै भत्काई बनाउनु परेको छ भने कुनैमा थपेर बनाउने गरिएको छ/
  • मटेहिया सडक सिमांकन विवाद समाधानमा पहल भैरहेको छ /
  • राप्ती नदीको दुई तर्फ पुल निर्माण र बीच भागमा खाली रहेको स्थानमा के गर्ने भन्ने निर्णयका लागि सडक विभागमा पत्राचार भएको छ /
  • जग्गा लगत कट्टा गर्ने कार्यमा नापी र मालपोत कार्यालय बाट संतोस्जनक रुपमा सहयोग प्राप्त नभएको ले ढिलाई भैरहेको छ /
  • बिधुत/तेलिफोनका पोलहरु सडक सिमा बाहिर राख्ने गरि सडक बिभागबाट स्वकृति लिए पनि सडकमा नै गाढने र पछी सार्नु पर्ने अवस्थामा ठुलो रकम माग गरि काम अड्काएर राख्ने प्रवृतिले काममा बाधा भैरहेको छ /
  • सडक सिमा भित्र घर टहरा बनाएर भत्काउन नदिने प्रवृति /