Rajapur-Satighat Bridge Approach Road

राजापुर सतिघट – कैलाली सडक खण्ड  ( कि.मि. २१+००० देखि २६+००० सम्म )

बर्दिया जिल्लामा पर्ने बेलवा चोक – राजापुर – सतिघाट बाट  ( कि.मि. २१+००० देखि २६+००० सम्म ) सुरु भएको यो सडक खण्ड ओराली बजार, खाता राजापुर (कि.मि. २१+०००) सम्म ५ कि.मि. लम्बाई को छ / यस सडक खण्डमा हाल सम्म सतिघाट कैलाली तर्फ करिब २.५ कि.मि. मा दुवै तह ग्रभेलको काम पुरा भैसकेको छ / यस खण्डमा आवस्यक पर्ने नाली तथा कल्भर्टहरु निर्माण भैसकेका छन्  भने राजापुर बाट सतिघाट सम्म जंगल पर्ने र सो स्थानमा रुखहरु कटान गर्न जिल्ला बन कार्यालयबाट अनुमति प्राप्त नभएको हुदा काम रोकिएको छ / सडक सिमा सडकको केन्द्र रेखा बाट १५/१५ मि. रहेको यस खण्डको चौडाई ७ मि. कालोपत्रे र २.५ मि. दुवै तर्फ सोल्जर गरि जम्मा १२ मि. हुने गरि हाल निर्माण कार्य भैरहेको छ /

ठेक्का न.

सडक खण्ड

सम्झौता रकम रु

सम्झौता मिति

सम्पन्न गर्नु पर्ने मिति

हाल सम्मको खर्च

भौतिक प्रगति

HRP/3372244/073/074-UR-017

21+000-26+000

८१९५६१५१

२०७३/०२/०३ 

२०७६/०१/०५ 

३१९१०५९८/६०

६०%

  • यो सडकमा कैलाली तर्फको करिब २६०० मिटर कालोपत्रे भैसकेको छ र बर्दिया तर्फ ग्राभेलको काम भैरहेको छ /
  • बर्दिया तर्फ हाल सम्म All Weather Road बनिनसकेको हुदा सवारी साधन चलाउन अनुमति दिईएको छैन /

समस्याहरु :

  • बन क्षेत्रका रुखहरु कटान गर्नका लागी बन कार्यालयबाट लामो समय सम्म सहमति प्राप्त नभएको /
  • जग्गा विवाद राजापुर नजिक /