खरिद सम्झौता अन्त्य गरिएको तथा वित्तीय फरफारक सम्बन्धि सूचना
२०८३ आश्विन ०७
खरिद सम्झौता अन्त्य गरिएको तथा वित्तीय फरफारक सम्बन्धि सूचना
(प्रकाशित मिति: २०८३/०६/०७)
यस योजना कार्यालय अन्तर्गत संचालित तपसिल बमोजिमको ठेक्का मिति २०७८/११/११ गते सम्झौता भएकोमा निर्माण व्यवसायीद्वारा निर्धारित समयसिमा भित्र निर्माण कार्य सम्पन्न गर्न नसकेको, पटकपटक लिखित तथा मौखिक अनुरोध गर्दा समेत निर्माण कार्य सम्पन्न गर्नेतर्फ तदारुकता नदेखाएको हुँदा मिति २०८१/०८/१८ मा आर्थिक राष्ट्रिय दैनिक पत्रिकामा ठेक्का सम्झौता अन्त्य किन नगर्ने सम्बन्धि सार्वजनिक सूचना प्रकाशित गरि स्पष्टीकरण माग गरिएकोमा निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण तर्कसंगत नभएको र सो पश्चात करिब २१ (एक्काइस) महिना भन्दा बढी समय व्यतित हुँदा समेत ठेक्का सम्झौता, संशोधित कार्यतालिका र कार्य सम्पन्न गर्ने प्रतिबद्दता बमोजिम निर्माण कार्य सम्पन्न गर्न तदारुकता नदेखाएकोले ठेक्का सम्झौताको GCC Clause 72. Termination को Sub-Clause 72.3 (b and g) अनुरुप Fundamental Breach of Contract भएको हुँदा सम्झौताको GCC 72.1 मा भएको प्रावधान, सार्वजनिक खरिद ए॓न, २०६३ को दफा ५९ को उपदफा २(क) र उपदफा (७) बमोजिम खरिद सम्झौता अन्त्य गरिएको छ।यस पश्चात ठेक्का सम्झौताको GCC 74, सार्वजनिक खरिद ऎन, २०६३ को दफा ६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ अनुसार कालोसूचीमा राख्न श्री सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरिनेछ र GCC 75, सार्वजनिक खरिद ऎन, २०६३ को दफा ५९(८) र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२८ बमोजिमको कारवाही प्रक्रिया अगाडी बढाइने व्यहोरा जानकारीको लागि यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ। साथै ठेक्का सम्झौता अनुसार Post Termination Evaluation भई स्थापित हुने रकम सरकारी बाँकी सरह असूल उपर हुने कानुनी व्यवस्था भएकोले यो सूचना प्रकाशित गरिएको मितिले १५ (पन्ध्र) दिन भित्र निर्माण व्यवसायीलाई यस योजना कार्यालयमा सम्पर्क राखी वित्तीय फरफारक गर्न समेत अनुरोध गरिन्छ।उक्त अवधि भित्र उपस्थित नभएमा योजना कार्यालयबाट प्रचलित कानुन अनुसार Post Termination Evaluation को कार्य हुने व्यहोरा समेत जानकारीको लागि अनुरोध छ।
|
ठेक्का नं. |
योजनाको नाम (कामको विवरण) |
निर्माण व्यवसायीको नाम |
|
BBPCU-DB-337011324-077/78-26 |
Design and Build of Bridges over Uttarganga, Ghatte, Larichera, Bijibi khola Bridge, Sahidmarga, Rukum (East)/ Rolpa |
श्री मृत संजीवनी निर्माण सेवा प्रा.लि., हेटौडा, मकवानपुर। |
योजना प्रमुख