हाम्राे बारेमा
यो सेती राजमार्ग सडक दक्षिणी छिमेकी राष्ट्र भारतको दुर्गौली नाका हुँदै कैलाली, डोटी, अछाम, बाजुरा र बझाङ लगायत सुदूरपश्चिम प्रदेशका ५ जिल्ला हुँदै उत्तरी छिमेकी राष्ट्र चिनको ताक्लाकोट सिमानासम्म जम्मा ३६८ कि. मि. रहेको छ । आ. व. २०६६/०६७ देखि यस सडकमा बजेट विनियोजन भई कार्यारम्भ भएतापनि मिति २०७२/०५/३१ को नेपाल सरकारको निर्णयानुसार यस सेती राजमार्ग सडक योजना कार्यालय साँफेबगर, अछाममा स्थापना भएको हो । पुन: यस सडक योजनालाई उत्तर खण्ड र दक्षिण खण्ड गरी दुई खण्डमा विभाजन भएपश्चात यस दक्षिण खण्ड सडक योजनाको लम्बाई २०४ कि. मि. रहेको छ । भारतबाट आउने पर्यटन तथा तिर्थयात्रीहरु यही मार्ग हुँदै तिब्बतको मानासरोवरसम्म जाने साथै नेपालको निकै ठूलो सम्भावना बोकेको बडिमालिका, खप्तड, रामारोशन लगायत धार्मिक, पर्यटकीय तथा त्रिदेशीय व्यापारिक मार्गको अत्यन्तै ठूलो सम्भावना बोकेको छ । यस सडक योजनाको निर्माण सम्पन्न भएपश्चात सुदूरपश्चिम प्रदेशका बासिन्दाको आर्थिक अवस्था माथि उठ्ने लगायत जीवनस्तरमा सुधार आउने देखिन्छ ।