हाम्राे बारेमा
लुम्बिनी प्रदेशको पर्यटकीय स्थल लुम्बिनीमा आएका पर्यटकहरूलाई बाग्लुङ्ग जिल्लामा अवस्थित नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन सम्म पुर्याउने र यस क्षेत्रमा उत्पादित कृषिजन्य पदार्थलाई सजिलै बजारसम्म पहुँच साथै अन्य आर्थिक क्रियाकलाप बढाई राष्ट्रकै उन्नतिको लक्ष्य हासिल गर्ने, उक्त क्षेत्रमा आन्तरिक, बाहय पर्यटक प्रबर्धन तथा भरपर्दो यातायात पूर्वाधार खडा गरि त्यस क्षेत्र लगायत समग्र मुलुकको दिगो आर्थिक, सामाजिक विकासमा टेवा पुर्याउने उद्देश्यले योजना कार्यालयको आ.व. २०६६-६७ मा स्थापना भएको हो। यस सालझण्डी सन्धिखर्क ढोरपाटन सडकको लम्बाई १९७.२०२ कि.मि. रहेको छ र यस क्षेत्रका पाँच जिल्लालाई छोएको छ।