हाम्राे बारेमा

तमोर कोरिडोर (चतरा मुलघाट सुभाङ्गखोला) सडक योजना ; लम्बाई १५५.२५ कि.मि. रहेको छ ।

सुनसरी, धनकुटा,भोजपुर,संखुवासभा,तेह्रथुम,इलाम,पाँचथर,ताप्लेजुङ र उदयपुर जिल्ला बीच सडक संजाल तथा यातायात पूर्वाधारको बिस्तार गरी सडक प्रयोगकर्तालाई सरल सुलभ यातायात सेवा प्रदान गर्नुका साथै स्थानीय कृषि तथा अन्य उत्पादित सामग्रीहरुलाई बजारको सम्भाव्यता बढाई सामाजिक, धार्मिक र आर्थिक रुपान्तरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ |

राष्ट्रिय सडक संजालका राष्ट्रिय राजमार्ग (कोशी  राजमार्ग, मेची राजमार्ग र मदन भण्डारी लोकमार्ग) जोड्ने मार्ग बिस्तार गरि आर्थिक तथा सामाजिक बिकास एवम् ब्यापार सहजिकरण मार्फत आर्थिक स्तरोन्नति गर्नु साथै पुर्बी पहाडी  जिल्लामा आधारभूत खाद्यान्न तथा सामग्री, दैनिक उपभोग्य सामाग्री आदि ढुवानी गर्नको लागि सडक विस्तार तथा सुधार आवश्यक रहेको छ ।

यस तमोर कोरिडोरको चतरा मुलघाट सडक खण्ड अन्तर्गत पर्ने वाहुन्ने, धनसार, लुकुवा, कोकाहा, रामघुवा र फेसुवा खोलामा पुल निर्माणको लागि ठेक्का व्यवस्थापन भई यस योजना कार्यालय अन्तर्गत संचालनमा रहेको हो भने मुलघाट माझिटार सुभाङ्गखोला सडक खण्ड अन्तर्गत पर्ने भगुवा, रगुवा, छरुवा, नावा, लोरिप्पा र हेवा खोलाहरुमा पुल निर्माणका लागि श्री पुल सेक्टर धरानबाट ठेक्का व्यवस्थापन भई निर्माणाधिन अवस्थामा रहेको छ ।

यस तमोर कोरिडोर अन्तर्गत कालोपत्रेस्तरको सडक स्तरोन्नति कार्यको लागि ठेक्का व्यवस्थापन र आ व २०८२।८३ सम्मको प्रगति निम्म बमोजिम रहेको छ । 

  1. Package 01, TC(CMS)RP/33701174/079/80-01, Ch 43+000 to Ch 109+000 = भौतिक प्रगति ९५% रहेको ।
  2. Package 02, TC(CMS)RP/33701174/079/80-02, Ch 109+000 to Ch 155+250 = भौतिक प्रगति ५५% रहेको ।
  3. Package 03, TC(CMS)RP/33701174/081/82-01, Ch 4+460 to Ch 9+910 = भौतिक प्रगति ३०% रहेको ।
  4. Package 04, TC(CMS)RP/33701174/082/83-01, Ch 9+910 to Ch 25+200 = ठेक्का मूल्याङ्कनको चरणमा रहेको ।
  5. Package 05, Ch 25+200 to Ch 43+000 = स्रोत सहमतिको लागि पठाएको ।  

आ व २०८२।८३ सम्म यस सडकमा ७५ कि.मि. कालोपत्रेको कार्य सम्पन्न भएको छ । 


अरुण कोरिडोर (चतरा लेगुवा खण्ड) सडक निर्माण योजना ; लम्बाई ६५.५ कि.मि. रहेको छ ।

यस सडक आयोजनाले प्रदेश नं. १ को भोजपुर, संखुवासभा, धनकुटा र सुनसरीको उतारी भेगको जनसंख्या लाभान्वित हुने, मदनभण्डारी राजमार्ग र पुर्बपश्चिमी (महेन्द्र) राजमार्ग संगको connectivity सहज हुने, सडकले दुई छिमेकि राष्ट्र भारत र चीनसँग अन्तर्राष्ट्रिय व्यापारमा पहुँच पुर्याई राष्ट्रिय सडक संजाल विस्तार गर्ने, जिल्लाको महत्वपुर्ण धार्मिकस्थलहरु र पर्यटकहरुको सहजको लागि पहुँच मार्ग निर्माण गरि पर्यटन क्षेत्रको बिकाश गर्ने र अरूणा भ्याली भित्र निर्माणाधीन जल बिधुत आयोजनाहरुको पहुँच मार्ग निर्माण गर्ने साथै जिल्लाहरुमा उत्पादन भएका कृषिजन्य पदार्थलाई सहजरुपमा बजारसम्म पुर्याई आर्थिक क्रियाकलाप बढाउने |

दुर्गम भेगका तीनवटै जिल्लाहरु र सुनसरी जिल्लाको उतरी भेग राष्ट्रिय सडक संजालसंग जोडी जिल्लाका बासिन्दाहरुको तराई सम्म सहज र सुलभ यातायात मार्फत पहुच हुने, यस योजनाले  अन्तर्राष्ट्रिय व्यापारमा पहुँच हुने, कालोपत्रे भैसके पश्चात यातायात आवागमन सहज हुने, धार्मिक, पर्यटन र स्थानीय कृषि क्षेत्रको बिकाश भई आर्थिक क्रियाकलापको बिकाश हुने साथै जलबिधुत आयोजनाहरु छिटो सम्पन्न भइ बिधुत उत्पादनमा टेवा पुग्ने |

आ व २०८२।८३ सम्म यस सडकमा ३० कि.मि. ट्रयाक निर्माण कार्य सम्पन्न भएको छ ।

 



डाउनलोड