सावधानी अपनाउने सम्बन्धी सूचना !!!

२०८३ आश्विन ०७

प्रस्तुत विषयमा जल तथा मौसम विज्ञान विभाग, मौसमविद्हरू एवम विभिन्न सञ्चार माध्यमबाट सार्वजनिक भएका मौसम पूर्वानुमान अनुसार आगामी २०८३ असोज ८, ९, १०, ११ र १२ गते नेपालका विभिन्न भू-भागहरूमा भारीदेखि अति भारी (भीषण) वर्षा हुन सक्ने सम्भावना रहेको जानकारी तथा समाचारहरू अवगत भएकै होला। सम्भावित वर्षाको कारणले भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहाव (Debris flow) को जोखिम उच्च रहने भएको हुँदा पहिरो सम्भावित क्षेत्र, खोला-नाला र कमजोर सडक खण्डमा विशेष सावधानी अपनाउनुहुन अनुरोध छ।

तसर्थ अत्यावश्यक अवस्थामा बाहेक भारी वर्षा भइरहेको समयमा सकभर लामो दुरीको यात्रा नगर्नुहुन तथा यात्रा गर्नैपर्ने भएमा जल तथा मौसम विज्ञान विभागको मौसम सम्बन्धी जान्नाकारी नियमित रूपमा अध्यावधिक भई अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्नुहुन अनुरोध छ।

डिभिजन प्रमुख


डाउनलोड गर्नुहोस्