हाम्रो बारेमा

दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १५ मा अवस्थित सडक डिभिजन दाङ वि.सं. २०४६/०८/०९ मा जिल्ला सडक कार्यालयको रुपमा स्थापना भई पछि २०५२ सालमा डिभिजन सडक कार्यालयको रुपमा परिवर्तन भएको थियो । सुरुमा यस कार्यालयबाट दाङ, सल्यान, रुकुम र रोल्पा जिल्लाका सडक तथा पुलसँग सम्बन्धित मर्मत संभार र निर्माण कार्य हुँदै आएको थियो । २०७१ सालमा रुकुम र प्यूठान जिल्लामा डिभिजन सडक कार्यालय स्थापना भएपछि यस डिभिजनको कार्यक्षेत्र दाङ र सल्यान जिल्ला रहेको छ  । नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७५/०५/०९ को निर्णयानुसार सडक विभाग र अन्तर्गतका निकायहरुको नयाँ संगठन संरचना एवं दरबन्दी स्वीकृत भए अनुसार साविक डिभिजन सडक कार्यालय, दाङको नाम परिवर्तन भइ सडक डिभिजन दाङ भएको छ । यस डिभिजनको मुख्य उद्देश्‍य दाङ र सल्यान जिल्लामा पर्ने राष्ट्रिय राजमार्गहरु तथा उक्त सडकहरुमा पर्ने पुलहरुको निर्माण/मर्मत गर्ने रहेको छ ।

यस डिभिजनमा रहेका शाखाहरु तथा साइट कार्यालयहरु:

  •  सडक डिभिजन दाङ
    •  प्रशासन शाखा
    • आर्थिक प्रशासन शाखा
    •  प्राविधिक शाखा
    • ल्याब शाखा
  • लमही साइट क्याम्प, दाङ
  • कपुरकोट साइट क्याम्प, सल्यान
  • बरला साइट क्याम्प, सल्यान

कार्यालयले दिने सेवा सम्बन्धी विवरण

सेवाहरुको कार्यसूची : नागरिक बडापत्रमा उल्लेख भए बमोजिम
सेवाको विवरण : नागरिक बडापत्रमा उल्लेख भए बमोजिम
सेवा कसरी प्राप्त गर्न सकिन्छ भन्ने कुरा : नागरिक बडापत्रमा उल्लेख भए बमोजिम
सेवा प्राप्‍त गर्न सकिने अवस्थाका शर्तहरु : नागरिक बडापत्रमा उल्लेख भए बमोजिम सेवा प्राप्‍त गर्न कुनै फाराम भर्नुपर्ने भए विवरणको ढाँचा कार्यालयमा उपलब्ध छ ।

कामसँग सम्बन्धित दस्तुर तथा शुल्क : नागरिक बडापत्रमा उल्लेख भए बमोजिम ।



डाउनलोड