हाम्राे बारेमा

यस काली गण्डकी  कोरिडोर (बेनी जोमसोम कोरोला) सडक उत्तर दक्षिण लोकमार्ग अन्तर्गतको राष्ट्रिय गौरबको सडक योजना हो। बिगतको समयमा पोखरा सडक डिभिजन तथा बाग्लुङ सडक डिभिजन बाट यस सडकको निर्माण तथा मर्मत सम्भार हुदै आईरहेकोमा बि. सं. २०७३/०८/१२ मा क्याबिनेटको निर्णय मार्फत यस सडक लाई छुटै योजनाको रुपमा स्थापना गरिएको हो। सुरुमा यस सडक रणनैतिक सडक सन्जाल अन्तर्गत सहायक सडक (F042) रहेकोमा  मिती २०७६/०२/०६ बाट  राष्ट्रिय राजमार्ग NH048 (तानसेन-रिडी-कोरोला खण्ड) मा रुपान्तरित भएको हो। यस सडक तिन जिल्ला  पर्बत, म्याग्दी र मुस्ताङमा पर्दछ। यस सडकको सुरु बिन्दु पर्बत जिल्लाको मालढुंगा हो भने अन्तिम बिन्दु मुस्ताङ जिल्लाको कोरोला हो। यस सडकको कुल लम्बाई २०२ कि. मि . रहेको छ । यस योजनाको कुल लागत १० अर्ब रकम रहेको छ। हाल सम्म ७ अर्ब रकमको ठेक्का लागिसकेको छ।

योजना शुरु गर्नुको आवश्यकता, औचित्य

यस योजना शुरु गर्नुको मुख्य आवश्यकता भनेको नेपालको जनसंख्याको अवस्थिती तथा उक्त जनसंख्याको आवतजावत उत्तर- दक्षिण,  दक्षिण- उत्तर केन्द्रित रहेको छ । साथै ‍नेपाल सरकारले नेपालको उत्तरी भाग र दक्षिणी भागको चाईना- भारत क्रस बोर्डर व्यापारिक प्रयोजन समेतको विषय लाई ध्यानमा राखि योजना लाई संचालनमा ल्याएको अवस्था हो। यस योजनाले मध्य पहाडी राजमार्ग, मदन भण्डारी राजमार्ग तथा महेन्द्र राजमार्ग लाई जोड्ने तथा ति सडकको लिङ्क सडकको रुपमा समेत रहेको छ ।  यस सडकले देवघाट, रिडी, सेतिबेनी, गलेश्वर, मुक्तिनाथ, दामोदर कुण्ड जस्ता धार्मिक तथा पर्यटकिय रुपमा महत्व बोक्ने स्थान लाई जिड्ने भएकोले यसको महत्व झन् सार्वगर्वित हुन्छ ।  

       योजना शुरु गर्दाका नीतिगत आधार

कालिगण्डकी कोरिडोर देश लाई उत्तर- दक्षिण जोड्ने सबै भन्दा छोटो दुरीको सडक रहेको तथा  चिन सँगको कोरला नाका तथा दक्षिण तर्फको भारतको सिमा सम्मका क्षेत्र लाई जोड्ने गरी कल्पना गरी शुरुवात गरिएको योजना हो । योजना सम्पन्न भए पश्चात योजनाले क्रस बोर्डर व्यापार प्रवर्दन गर्ने, धार्मिक तथा अन्य पर्यटकको प्रवर्दन गर्ने, तथा स्थानिय उत्पादनमा समेत टेवा पुर्याउने रहेको छ ।

       योजाना शुरु भएको समय (स्थापना र संचालन भएको समय)

                  -२०७३/०८/१२

       काम शुरु भएको मिति

                  -२०७३/०८/१२

       योजनाको शुरु लागत

                   -१० अर्ब

       योजनाको सम्पन्न हुने अवधि (शुरुवात गर्दाका बखत आकलन गरिएको)

                  -२०७९/८०

       योजनाको संशोधित लागत

                  -१० अर्ब

       योजनाको सम्पन्न हुने संशोधित अवधि

                  -२०८२/८३



डाउनलोड