कार्य क्षेत्र

एशियाली विकास बैँकको ऋण सहयोगमा सञ्चालित सासेक मुग्लिङ्ग पोखरा राजमार्ग सुधार चरण १ योजना अन्तर्गत पृथ्वी राजमार्गको जामुने बजार (चेनेज ४९+७००) देखि पोखराको सेती नदी पुल (चेनेज ८८+५८३) सम्मको सडक स्तरोन्नती गर्ने यस योजनाको कार्यक्षेत्र रहेको छ |

प्रमुख क्रियाकलापहरु:

  • ३८.७१ कि.मि. सडक ४ लेनमा स्तरोन्नति गर्ने (२०.५५ कि.मि. ४ लेन र १८.१६ कि.मि. ४ लेन+ सर्विस लेन) |
  • १२ वटा पुलहरु निर्माण गर्ने |
  • सेती खोलामा U/S र D/S मा १९० मिटरको Extra dosed Cable Stayed पुल निर्माण गर्ने |