हाम्राे बारेमा

यस पुष्पलाल(मध्य-पहाडी) योजना कार्यालय, फिदिम, पांचथरको स्थापना आ.व. २०७५/७६ मा भएको देखिन्छ/ योजनाको उदेश्य मुख्य उद्देश्य पांचथर, तेरहथुम, धनकुट्टा, र भोजपुर जिल्ला लगायतका पूर्वी भेगका जनतालाई यातायात तथा अन्य सुविधा उपलब्ध गराउने रहेको देखिन्छ/ योजना कार्यालयको कार्यक्षेत्र ३८२ कि.मि. मध्ये शुरु बिन्दु पाँचथर जिल्लाको चिवा-भंज्यांग  र अन्तिम बिन्दु भोजपुर जिल्लाको चखेवा भन्ज्यांग मध्ये पुरै लम्बाईमा ट्रयाक खुलिसकेको र समय क्रममा फरक-फरक कार्यालयबाट सो मध्ये ३०४.३५३ कि.मि. कालोपत्रे कार्य सम्मन्न भई बाकि ७७.६४७ कि.मि. खण्ड निर्माणाधिन अवस्थामा रहेकोमा १४.७ कि.मि. खण्डको ठेक्का तोडिएको र बाँकी निर्माणाधीन अबस्थामा रहेको  देखिन्छ/

पाँचथर जिल्लाको ५०.६४७ कि.मि.,  तेह्रथुम जिल्लाको २७ कि,मि. तथा धनकुट्टा जिल्लाको १३ कि.मि. खण्ड गरि जम्मा ९०.६४७ कि.मि. खण्ड यस कार्यालय अन्तर्गत पर्ने देखिन्छ/ सो खण्डमा पर्ने ओयाम खोला पुल,  फलामे खोला पुल र मेवा खोला पुल निर्माण सम्पन्न पश्चात अप्रत्याशित बाढीले बगाएकोमा मेवा खोला पुल निर्माणाधीन अवस्थामा पुनः क्षतिग्रस्त भएको देखिन्छ भने खण्डवा खोला पुल निर्माणाधीन रही ओयम खोला पुल तथा फलामे खोला पुल पुनः ठेक्का ब्यबस्थापन हुन् पुर्व तयारीको क्रममा रहेको  बाहेक अन्य सम्पुर्ण पुल निर्माण कार्य सम्पन्न भैसकेको देखिन्छ। यस अघि निर्माण सम्पन्न २९१.३५३ कि.मि. सम्बन्धित सडक डिभिजन मातहत हस्तान्तरण भई आगामी वर्ष देखि मर्मत सुधार हुन् प्रस्तावित रहेको देखिन्छ/