कार्य क्षेत्र

योजना कार्यालयको कार्यक्षेत्र पांचथर, तेरहथुम, धनकुट्टा, र भोजपुर जिल्ला अन्तर्गतका मध्यपहाडी राजमार्ग रहेको छ/  शुरु बिन्दु पाँचथर जिल्लाको चिवा-भंज्यांग  र अन्तिम बिन्दु भोजपुर जिल्लाको चखेवा भन्ज्यांग सम्म ३८२ कि.मि. मध्ये पुरै लम्बाईमा ट्रयाक खुलिसकेको र समय क्रममा फरक-फरक कार्यालयबाट सो मध्ये ३०४.३५३ कि.मि. कालोपत्रे कार्य सम्मन्न भई बाकि ७७.६४७ कि.मि. खण्ड निर्माणाधिन अवस्थामा रहेकोछ/ पुर्व तर्फ पाँचथर जिल्लाको चिवा भन्ज्याङ-गणेशचौक खण्ड र पश्चिम तर्फ फिदिम(जोरसाल) देखि सङ्क्रान्ति-म्याँग्लुंग-बसन्तपुर-हिले-लेगुवा-भोजपुर हुँदै चखेवा भन्ज्यांग सम्म सडक टुक्रिएको र गणेश चौक देखि फिदिम सम्म मेची राजमार्ग प्रयोग भएको देखिन्छ भने गणेश चौकवाट तमौर हुँदै संक्रान्ति सम्म करिब ३० कि.मि. नयाँ सडक निर्माण गरि वर्तमान ७५ किमि दुरीलाई छोट्याउन सकिने र राजमार्गको निरन्तरता कायम गर्न सकिने सम्भावना देखिन्छ/ 

हालको अवस्था:

  • गणेश चौक-चिवा भन्ज्यांग खण्डमा १० किमि कालोपत्रे रहेको र बाँकी ५० किमि मा ठेक्का ब्यबस्थापन भई कार्यरण रहेको छ/ सोही खण्डको फलामे खोला/ओयाम खोला र मेवा खोला विगतमा बाढीले बगाएको तथा खण्डवा खोलामा पुल निर्माणाधीन रहेकोमा हाल ड्राईभर्सनबाट सन्चालित छ/ 
  • जोरसाल-सङ्क्रान्ति-याबरा खण्ड , खरंग्वा-म्यन्ग्लुंग-वसन्तपुर-हिले-पाख्रिवास खण्ड तथा लेगुवा-भोजपुर चखेवा खण्ड कालोपत्रे भई सम्बन्धित सडक डिभिजन कार्यालयको नियमित रेखदेखमा रहेको छ /
  • याबरा-खरंगवा खण्ड (आँशिक खण्ड वाहेक बैकल्पिक स्थानीय कालोपत्रे सडक भएको) तथा पाख्रिवास-लेगुवा खण्ड (कालोपत्रे सम्पन्न भई आवागमन सहज भएको) का निर्माण गतिविधि निरन्तरता रहेको छ/