हाम्रो बारेमा

कार्यालयको इतिहासः– यस डिभिजन सडक कार्यालयको स्थापना मिति २०५४/०६/२० गते भएको हो । स्थापना कालको नाम म.प. डिभिजन सडक कार्यालय, नं. १ देविस्थान, प्यूठान हो ।  मिति २०५४/०६/२० गते देखि कर्मचारीहरु हाजिरी भई कार्य संचालन भएको थियो । स्थापना कालका डिभिजन प्रमुख श्री महेश्वरलाल श्रेष्ठ हुनुहुन्थ्यो । भालुवाङ्ग प्यूठान सडक सुधार आयोजना (RIP) बाट २०६९ सालमा निर्माण भएको १ वटा कार्यालय भवनमा हाल अफिस संचालन भै रहेको । 

कार्यालयको स्पष्ट दृष्टिकोण लक्ष्य र उद्देश्यः 
१. यस डिभिजन सडक कार्यालय अन्तर्गतका रोल्पा तथा प्यूठान जिल्लामा पर्ने रणनैतिक सडकहरुको मर्मत संभार तथा सम्भावित रणनैतिक सडक निर्माण, रणनैतिक पुल, स्थानिय सडक पुलको निर्माण, क्षेत्रीय तथा पर्यटकिय सडक निर्माण शहरी सडक निर्माण सुधार गरी स्थानिय जन समूदायलाई सहज यातायात सेवा पुर्याउने । 
२. रोल्पा र प्यूठान जिल्लामा सडक निर्माण गरी भौतिक पूर्वाधार विकास गर्ने ।  
३. रोल्पा र प्यूठान जिल्लाका बासिन्दाहरुलाई यातायात सहज बनाउने । 
४. रोल्पा तथा प्यूठान जिल्लामा रहेका सम्भावित रणनैतिक सडक क्षेत्रीय स्तरका सडकहरुलाई रणनैतिक सडकमा जोड्ने ।     

कामसँग सम्बन्धित शाखाहरुः 
क्र.स.         शाखा            काम 
१.         प्रशासन         दैनिक कार्यालय संचालन 
२.         प्राविधिक         प्राविधिक कार्यहरु 
३.         लेखा             लेखा सम्बन्धि कार्य 

सेवाहरुको सूचीः 
  १. धारा जडान गर्नका लागि पिच काट्ने स्वीकृती
  २. पेट्रोल पम्प राख्ने स्वीकृती
  ३. निर्माण सामाग्रीको गुणस्तर परिक्षण
सेवा प्राप्त गर्ने तरिकाः
  १. आवश्यक कागजातहरु पेश गर्नुपर्ने । 
  २. खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको पत्र र स्केज सहितको नक्सा  
  ३. रित पूर्वको निवेदन, जग्गा धनी दर्ता प्रमाण पुर्जा, नागरिकता, उद्योग दर्ता प्रमाण, साईट प्लान देखाईएको नक्सा, ट्राफिक प्रहरीको
    सिफारिस, गा.वि.स. को सिफारिस, भ्याट दर्ता प्रमाणपत्र
४. आवश्यक निर्माण सामाग्रीको नमूनाको साथमा पत्र निवेदन 

सेवा प्राप्त गर्न सकिने अवस्थाको सर्तहरुः
  १. आवश्यक कागजात र प्रमाण प्राप्त भए पछि प्राप्त गर्न सकिने 
  २. नियम कानुन अनुसार मिल्ने भए सेवा प्राप्त गर्न सकिने 

कामसँग सम्बन्धित दस्तुर तथा शुल्कः 
  १. इस्टिमेट अनुसार
  २. नियमानुसार