हाम्रो बारेमा
कार्यालयको ईतिहास :
धराण धनकुटा राजमार्ग निर्माण हुदाको बखत बेलायत सरकार बात संचालित परियोजनाको सम्पान भएपछी धनकुटा जिल्ला बुढी मोरंग गा. बि. स. वडा न. ८ मा उक्त परियोजना संचालन भएको सम्पुर्न्ना आवास क्षेत्र भवन र जग्गा सहित नेपाल सरकारलाई बि स २०४० सालमा हस्तान्तरण गरे पश्चात उक्त्त भवन मा जिल्ला सडक कार्यालय ,धनकुटाको नियमित कार्य संचालन गरीदा बर्तमान कार्यालयको प्रारम्भिक स्वरूप सोही जिल्ला समय धेखी नै रहेको पाईन्छ आ व २०५०/५१मा जिल्ला सडक कार्यालयको नाम परिबर्तन भी पुर्वान्चल डिभिजन सडक कार्यालय न. ४ नामाकरण भएको पाईन्छ ।
कार्यालय संचालन हुदाको बखत मिति २०६०/१२/२३ गते राती ८.३० बजे अज्ञात ससस्त्र समुहले आगजनी तथा बिस्फोतान गरी तीन वटा भवनलाई पूर्ण धोस्त पारेको कारण तत्पश्चात धनकुटा नगरपालिकाको विभिन्न स्थानमा भाडामा घर लिई कार्यालय संचालन गरिदै आएको यस कार्यालयको अभिलेखबाट देखिन्छ आ.ब. २०६६/६७ मा धनकुटा नगरपालिका ४ देब्रेवास स्थित नगर्बिकाश समिती धनकुटाको नाममा रहेको १४ रोपनी क्षेत्रफ़ल्को जज्गा यस कार्यालयले आफ्नो स्वामित्वमा लिई आ.व . २०६७/६८ मा कन्तिन्जेंच्य रकमबाट एक तले अफिस भवन र आ व २०७१/७२ मा सोही भवनमा तला थप गरी यस कर्यालयको दैनिक कार्य संचालन हुदै आएको छ ।
तत्कालिन पुर्वान्चल डिभिजन सडक कार्यालय न ४ को नामबाट कोशी पहाडी जिल्ला संखुवासभा तेरथुम भोजपुर र धनकुटा गरी चार जिल्लालाई आफ्नो कार्य क्षेत्र बनाई सडक निर्माण तथा मर्मत संभारको कार्य गरीदै आएकोमा २०७१ साल स्व्रवों देखि कार्यालयको नाम परीबर्तन भई डिभिजन सडक कार्यालय धनकुटा रहन गयो भने सोहि मिति देखि यस कार्यालयको कार्यक्षेत्रमा करौती भई हाल धनकुट र तेत्रथुम जिल्लामा मात्र यस कार्यालयको कार्यक्षेत्र रहेको छ ।
कार्यालयका स्पस्ट द्रिस्तिकोण , लक्ष्य र उदेस्य :
यस कार्यालयको कर्यक्षेत्र भित्र पर्ने धनकुटा र तेरथुम जिल्लामा सडक पूर्वाधारको बिकाश तथा बिस्तार गर्ने र बिध्यमान सडक संग्रचानको मर्मत सम्भारको मर्मत गरी सडकमा पहुच नभएका क्षेत्रहरुलैइ सडक संजालमा जोडी स्थानियाहरुको जीवनलाई सहज तथा सरल बनाउने तथा अन्य क्षेत्रहरुको ( कृषि पर्यटन आदिको) बिकाशमा टेवा पुर्यौनाए द्रिस्तिकोण रहेको छ भने उक्त जिल्लामा पर्ने लोक्मर्गा तथा सहायक मार्गहरुको निर्माण र मर्मत सम्भार गरी यातायात व्यवस्थापनलाई सहज रुपमा संचालन गर्ने कार्यालयले उदेस्य राखेको छ ।
कार्यालयसँग सम्बन्धित शाखाहरु :
सि.न. |
शाखा हरु |
कार्य विवरण |
१ |
प्राबिधिक शाखा |
सम्पूर्ण योजनाहरुको कार्यान्वयन निरिक्षन्, सुपरिवेक्षण |
२ |
प्रशासन शाखा |
सम्पूर्ण प्रशासनिक ,स्टोर व्यवस्थापन,सम्वन्धि कार्य र ठेका बन्दोबस्ती को लागी आवस्यक प्राबिधिक कार्यमा सहयोग |
३ |
आर्थिक प्रशासन |
सम्पूर्ण आर्थिक प्रशासनिक कार्यहरु |