कार्य क्षेत्र

हाल यस कान्ती राजमार्ग सडक योजनाको निर्माण कार्यक्षेत्र मकवानपुर जिल्लाको हेटौडास्थित बुद्धचोकदेखि ठिंगन हुदै ललितपुर जिल्लाको टिक्काभैरवसम्म ७९ किलोमिटर रहेको छ। उक्त क्षेत्रमा ठेक्का मार्फत विभिन्न चेनेजहरूमा सडक मर्मत, सम्भार तथा निर्माण कार्य भइरहेको र सो कार्यहरू आर्थिक वर्ष २०८३/०८४ मा सम्पन्न गर्ने लक्ष्य रहेको छ।