Hon Minister Visits DoR

२०८२ माघ १०

आज मिति २०८२-१०-०८ गते नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका माननीय मन्त्री श्री माधव प्रसाद चौलागाईंज्यूले सडक बिभाग, चाकुपाट को भ्रमण गरी बिभाग को कार्य तथा प्रगति को ब्रिफिंग लिनु भएको छ | भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक बिभागका कर्मचारी हरुले माननीय मन्त्री श्री माधव प्रसाद चौलागाईंज्यू तथा सचिब केशब शर्माको भब्य स्वागत गरेका थिए| सो ब्रिफिंग कार्यक्रममा सडक बिभागका महानिर्देशक डा बिजय जैसी ले सडक बिभागको संक्षिप्त परिचय, कार्यहरु, प्राथमिकताहरु; सडक विभागको संगठन संरचना; मुख्य विकास आयोजनाहरु ; प्रगति; समस्याहरू र समाधानका उपायहरु आदि को प्रस्तुति गर्नु भएको थियो र माननीय मन्त्री ज्यू तथा सचिब ज्यू ले सडक बिभाग को समग्र पक्ष संग सम्बन्धित महत्वपूर्ण निर्देशन भएको थियो | सडक बिभाग माननीय मन्त्री तथा सचिब ज्यू प्रति हार्दिक आभार व्यक्त गर्दछ|