भू-वातावरण तथा सामाजिक शाखा
भू-वातावरण तथा सामाजिक शाखाकाे कार्य विवरण तथा कार्यविधि :
(१) सडक निर्माण मर्मत संभारले गर्दा पर्न सक्ने प्रतिकूल प्रभावको लेखाजोखा र निराकरण सम्बन्धी आवश्यक अध्ययन गरी आयोजना छनौटमा सहयोग पुराउने।
कार्यविधि:
अध्ययन प्रतिवेदन तयार गर्नको लागी परामर्शदाता छनौट गरी अध्ययन प्रतिवेदन तयार गर्ने।
(२) पहिरो फाल्दा, सडक निर्माण कार्यमा भएको ढुंगामाटो फाल्दा, चट्टान काट्दा तथा सिधा गर्नु पर्ने काम गर्दा वातावरण संरक्षणको निम्ति अपनाउनु पर्ने उपायहरु पत्ता लगाई लागु गर्ने र गर्न लगाउने।
कार्यविधि :
सडक डिभिजन, योजना तथा अन्य सडक सम्बन्धी निकायबाट सूचना संकलन गरी सोही अनुरुप सडक निर्माण मर्मत तथा संरचना सम्बन्धी वातावरण निर्देशिका तयार एवं अध्यावधिक गर्ने एवं सडक सम्बन्धी Geo-Technical, Bio-Engineering, Environmental र Social परामर्श प्रदान गर्ने।
(३) क्रमिक रुपमा भू-वातावरण सम्बन्धी केन्द्र स्तरीय डाटाबेस तयार गर्ने।
कार्यविधि :
सडक डिभिजन, योजना तथा अन्य सडक सम्बन्धी निकाय एवं Internet तथा अन्य स्रोतबाट सूचना संकलन गरी Computer मा डाटावेस तयार गर्ने साथै सूचना संकलन केन्द्र (Archive) स्थापना गर्ने।